विश्व

ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं।ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्ण रूपमा सहयोग गर्न निर्देशन दिएका छन् ।

नागरिक संरक्षण र जलवायु संकटमन्त्री भासिलिस किलियासाले बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको घोषणा गर्दै पीडितलाई तत्काल राहत र उद्धार गर्न आग्रह गरे ।

ग्रिकका मौसमविद्का अनुसार डेनियल भनेर चिनिने आँधीले सोमबारदेखि ग्रिकमा प्रभावित बनाएको थियो ।

बाढीले घर, पुल, बाँध र सडकहरू भत्काएको छ । तीन वर्षअघि पनि इयानोस आँधीका कारण धेरै क्षति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *