संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १४ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा दोषी जोसुकै भएपनि नछोड्न आँफूले निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको दाबीदेखीपशुपतिनाथ लगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचोसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार

दोषी जोसुकै भएपनि नछोड्न आँफूले निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको दाबी

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियान सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

बिहिबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र अनियमितताका घटनामा माओवादीकै नेता दोषी देखिए पनि नछोड्न सीआइबीलाई प्रष्ट निर्देशन दिएको बताएका छन् । प्रधानमन्त्ती प्रचण्डले पछिल्लो समय सोही कुरा विभिन्न कार्यक्रममा बोल्ने गरेका छन् । यस्तै जुनसुकै दलका नेता , कार्यकर्ता तथा अपराधमा संलग्न रहेको आसंका लागेको खण्डमा अनुसन्धानको दायरामा ल्याएर निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै आएका प्रचण्डले कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेर प्रचार गरिएको सन्देश झुटो रहेको दाबी गरेका छन् ।

‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्र निर्माणका लागि बलिदान दिने बताउँदै विगतदेखिका सबै काण्डको एकपछि अर्को गर्दै छानबिन गर्ने दाबी समेत गरेका छन् । सुशासनको पक्षमा एकपछि अर्को राम्रो काम गरेको सरकारलाई अप्ठेरो पार्न विभिन्न प्रचारवाजी गरेपनि सरकार कसैको धम्कीबाट पछि नहट्ने उद्घोष प्रधानमन्त्ती प्रचण्डले गरेका छन् ।

एमाले फुट्ने प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फुट्ने अवस्थामा पुगको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहिबार सुर्खेतमा आयोजना भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै यस्तो बताएका हुन् ।
नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुबीचमा एकअर्कामा प्रतिद्धोन्द्धको अवस्था सिर्जना बारम्बार भइरहेकाले एमालेका नेता तथा कार्यकर्ताकाबीचमा आगोको पुल्ठो आइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुने दाबी गरे । प्रधानमन्त्रीले पाटी धुर्वीकरणको मिति भने घोषणा गरेका छैनन् तर पाटी फुट्ने संभावना अधिकतम रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष लक्षित गर्दै भने,‘नेकपा एमाले कसैल राम्रो काम गरेको गरेको सक्दैन ।’ ओलीको नकरात्मकता मात्र हेर्ने प्रविधिका कारण नै नेकपा एमालेभित्र विद्रोहको अवस्था सिर्जना भएको छ । छुट्फ्ुट बाहिर निस्कन्छ विवाद कहिलेकाँही उनले भने ।

नेकपा एमालेका कारण अहिले नेता कार्यकर्ता तथा जनता निराश भएका छन् । जनताको मस्तिष्कमा पनि अविश्वासवादको संकेत परिसकेको छ। एउटा घरपरिवारका सदष्यहरुलाई चित्त बुझाउन नसकेको अवस्थामा परिवारमा द्धोन्द्धको अवस्था सिर्जना हुने त्यो बेइजत अरुले देख्ने हुन्छ । त्यस्तै भएको छ नेकपा एमालेमा पछिल्लो पटक । नेकपा एमालेमा बारम्बार भुकम्प जाने गरेको संकेत प्रधानमन्त्रीले गरे ।

सुशासनको अभियानबाट सरकारले विश्राम लिदैँन ः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भनाइ राखे । उनले समृद्धिको यात्रा अगाडि बढाउन सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प नरहेको जनाए “सरकारले सुशासनको अभियान छोड्ने छैन, विश्राम पनि लिँदैन”, उनले भने । सरकारले सुशासनको अभियानलाई सफल बनाएरै छाड्ने दाबी गरे ।

सुशासन स्थापित गरेपछि मात्रै समृद्धिलाई तीव्रता बनाउन सकिन्छ भन्ने ध्येका साथ सरकार लागिपरेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भने , “भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गरेर मात्रै सुशासन स्थापित गर्न सकिन्छ ।”

सरकारले चालेको भ्रष्टाचार र सुशासनको अभियानलाई रोक्न अहिले पनि सङ्गठित रुपमा प्रयास भइरहेको दाबी गर्दै उनले सरकार सुशासनको अभियानबाट कुनै पनि हालतमा विचलित नहुनेमा विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनमा समावेश गरेपछि बालेनले रद्ध गरे चीन भ्रमण

हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले चीन भ्रमण रद्ध गरेका हुन् ।

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था

जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ । हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।

सुन प्रकरण ः दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा रहेका थिए ।

समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।

६० किलो अवैध सुन प्रकरण क्रिप्टोकरेन्सीमा पनि

नेपालको अन्तराष्ट्रि विमानस्थल हुँदै अवैधरुपमा नेपाल भित्रिएको साँढे ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । वैध सुन तस्करहरुको समुहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ ।

‘ सीआईबीका अनुसार केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ । यसबारे अहिले अनुसन्धान जारी छ उनले भने । सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको स्रोतले जनाएको छ । क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।

यस गिरोलाई अनुसन्धानको गहिराईसम्म पुग्ने क्रममा अनुसन्धान गर्दै जाँदा संगठित रुपमा खटिएको पाइएको छ । सीआइबीका अनुसार विगतको तुलनामा यो गिरोहसँग अत्याधुनिक प्रविधि भएकाले
‘हालसम्मकै शक्तिशाली गिरोहको रुपमा लिएको जनाएको छ । अवैध सुनप्रकरणमा अहिलेसम्म २४ जना प्रहरीको नियन्त्रणमा परिसकेका छन् । पक्राउ पर्नेमा ६ जना विदेशी नागरिक छन् । सो प्रकरणमा चाँइनिजहरुको मुख्य संलग्नता रहेको छ ।

क्रिकेट टिमलाई सान्त्वना दिदै बालेनले भने– सफलताका लागि हारका माला लगाउनै पर्छ

काठमाडौँ महानगरका मेयर बालेन शाहले पाकिस्तानसँग हार बेहोरेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिदै सफलताका लागि हारको माला लगाउनै पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले पाकिस्तानसँगको सिकाईले भारतसँगको खेल सहज हुने बताएका छन् । हामीले हिडेको बाटो गलत नभएको बताउदै सफलता हासिल गर्न हारका मालाहरु लगाउनै पर्ने बताएका छन् ।

उनले भने– ‘बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।’

ऐतिहासिक महत्त्व बोकेको भक्तपुरमा गाईजात्रा पर्व धुमधाम

ऐतिहासिक महत्त्व बोकेको भक्तपुरमा गाईजात्रा पर्व धुमधामसँग मनाइँदैछ। भक्तपुरको दरबार क्षेत्रसहितमा बिहीबार बिहानैदेखि गाईजात्रा मनाउनेको निकै ठूलो भिड लागेको छ । बिहिबार गाईजात्राले भक्तपुरको दरबार क्षेत्र निकै उज्यालो छ । दरबार क्षेत्रमा गाईजात्राले रौनकता छाएको छ । बुधबार बिहानबाट तलेजु बाटा ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गरिएको छ। यस वर्ष मृत्यु भएका आफन्तहरुको सम्झनामा बच्चाहरुलाई राधाकृष्ण, शिवपार्वती, जिउँदो गाई र दोकोलाई कपडाले बेरेर परालको सिंङ कानका रुपमा सजाउने र कमलको पात राखेर बनाएको बाँसमा कपडाले बेरेर बनाएको ताहामचामार्फत नगर परिक्रमा गराउने परम्परा रहेको छ ।

विशेषगरी उमेर नपुगेका बालबालिकाहरुको बाँसको डोको सिंगारेर, माटोको बसहा बनाएर गाडामा राखी भजन कृतन गरि नगरपरिक्रमा गराउँने प्रचलन पनि रहेको छ । स्थानीयले बिहानदेखि नै गाईको प्रतिकको रुपमा घुम्न आएकालाई आ(आफनो गक्षअनुसारको फलफूल, रोटी र दक्षिणा दिने चलन छ। नेवार समुदायहरुले एब वर्षभित्र मरेको मान्छेको आत्माले मोक्ष प्राप्त गरोस भन्ने विश्वासका साथ गाईजात्रा मनाउने गरिएको छ । गाईजात्राको अवसरमा विभिन्न परम्परागत झाकीहरुपनि आयोजनाा गरिएको छ । उक्त गाईजात्रा मनाउँन र हेर्न विभिन्न ठाउँबाट दर्शकहरु उपस्थित भएका छन् ।

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ । यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उनले बताए । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *