संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ ८ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा धरानमा आजराती १२ बजेबाट निशेधाज्ञा जारीदेखी गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार

धरानमा आजराती १२ बजेबाट निशेधाज्ञा जारी

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शुक्रबा रातीदेखी शनिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक सुचना जारी गर्दै यस्तो बताएकी हुन् । केही दिन अघिदेखी धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै डेँगुका कारण स्वास्थ्य समस्या देखा परेको छ ।

शुक्रबार नै धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि एक विज्ञप्ती जारी गर्दै कुनै पनि जातिय द्धोन्द्ध नफैलाउन र सबैले मिलेर शान्ति स्थापना गर्नमा एक जुट हुनुपर्ने बताएका थिए । उनले नेपाल बहुजाती, बहुभाषी र बहुसंस्कृतियुक्त देश भएकाले सबैले एक अर्काको सम्मान गर्नुपर्ने भन्दै धरानवासीलाई सचेत हुन आग्रह समेत गरेका छन् ।

सुनसरी जिल्लाका १२ स्थानीय तहहहरूमा डेङ्गी रोगको संक्रमण व्यापकरुपमा फैलिई १६,००० जना भन्दा बढि व्यक्तिहरु सङ्क्रमित भएका छन् भने १२ जनाको मृत्युसमेत भइसकेको एवम् धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा संक्रमण फैलिएको अवस्था छ । २०८०/०४/२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेही संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस सुनसरी जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था छैन ः नेता कोइराला

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन् । नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार÷दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए । नेता कोइरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए । नेता कोइरालाले भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताए ।

प्रत्येक प्रदेश एक रोग,एक विशेषज्ञ ः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताएका छन् ।

शुक्रवार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताए । उनले सरकारले मधेस प्रदेशको विरगञ्जलाई मिर्गौला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताए । त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरि काम अगाडी बढिहेको बताए ।

सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन सीआईबीको अपिल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ । सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य÷प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना अष्द२लभउबउियष्अिभ.नयख.लउ अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो ।

यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सीआईबीले जनाएको छ । आमनागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ । एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन् । अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईको निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् ।

आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ÷छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले जानकारी दिइन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई.÷बी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पु¥याएको थियो।

युवा संघका अध्यक्ष थेबेमाथि पहिचानवादीको ढुङ्गामुडा प्रहार

प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा ढुङगामुडा प्रहार भएको छ । शुक्रबार सत्तारुढ जनता समाजवादी पार्टीनिकट कार्यकर्ता र आफूलाई पहिचानवादी बताउनेहरुको समूहले थेबेमाथि ढुंगामुढाग गरेको युवा संघले जनाएको छ। युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबिसे गाउँपालिका गइरहेका थेबेमाथि ढुंगामुढासहित आक्रमणको प्रयास भएको थियो ।

युवासंघका एकजना नेता निरोज पौडेलका अनुसार जसपा नेता आङकाजी शेर्पाको योजनामा आक्रमण प्रयास हो । भएको बताए। उनले यस्तो अराजक समूहमाथि कारबाही नचलाए प्रतिकार थाल्ने उनले बताएका छन् । युवा संघले आफूहरुमाथिको आक्रमणलाई सत्ताको संरक्षणमा भएको नियोजित घटना भन्दै प्रतिरोधमा उत्रिन बाध्य नपार्न समेत आग्रह गरेको छ ।

राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा ,हिन्दुराज्य कायम गर्न सडक आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल करिब डेढ वर्षपछि पुन राजसंस्था पुनःस्थापनाको एजेन्डा लिएर फर्किएको छ । पार्टीको केन्द्रीय समिति वैठकले यस विषयमा औपचारिक निर्णय लिने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार सार्वजनिक गरेका हुन् । राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुने उल्लेख गरिएको छ । थापाले प्रस्त्ुत गरेको कार्यपत्रका गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएरु सडक आन्दोलनमा जाने उल्लेख गरिएको छ । उनले अव हिन्दुअधिराज्य कायम गर्न तेस्रो जनआन्दोलन गर्ने बताएका छन् ।

थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गरेका छन् । राप्रपाले राजसंस्थासम्बन्धी पार्टीको नीतिमाथि पुनर्विचारका लागि एक समिति गठन गरेको थियो । उक्त समितिले राजसंस्था पुनस्र्थापनलाई नै पार्टीको प्रमुख एजेन्डा बनाउन सुझाव दिएको छ ।

कांग्रेसका ७ वटै प्रदेश सभापतिको भेला पोखरामा हुने

नेपाली कांग्रेसका ७ वटै प्रदेश सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।नेपाली कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए । भेलामा प्रदेश समितिको भूमिका एवम् पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिए ।

अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *