संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १८ गते बिहिबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतका वरिष्ठतम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
श्रेष्ठ समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिने भएकाले अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार उनको नाम सिफारिस भएको हो।

सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता

सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा दुईपक्षबीच सम्झौता भएको हो ।

सहकारी पिडित र सरकारबीच भएको ७ बुँदै सम्झौता भएपछि आजबाट सहकारी पिडितको आन्दोलन स्थगित भएको छ ।
सम्झौतामा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन गठित कार्यदलमा अनसनरधर्नामा रहेका बचतकर्ताबाट ३ जनालाई आमन्त्रित सदस्यको रूपमा समावेश गर्ने, बचतकर्ताको रकम फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने उल्लेख छ ।

कर्जा प्रक्रियालाई छोटो छरितो र प्रवभाकारी बनाउने, ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ मन्त्रालयले समन्वय गर्नेलगायतका निर्णय भएका छन् ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन– मन्त्री शर्मा

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन् ।“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भनिन् ।

वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरिन्। “अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ ।

अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालयअन्तर्गत फर्काऔँ –डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाएर पहिले भएकै मन्त्रालयअन्तर्गत राखिनुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको नवनिर्वाचित समूहले आज डा कोइरालाको सम्पर्क कार्यालयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उन ले पार्टीले पहिलेकै मन्त्रालयअन्तर्गत दुवै विभागलाई फर्काउने भनी निर्णय गरेकाले यसमा ढिलाइ गर्न नहुने बताए । प्रजातान्त्रिक प्रक्रियालाई अवरुद्ध नगर्न पनि यी दुई विभाग पहिलेको मन्त्रालयअन्तर्गत राखिनुपर्नेमा उनको जोड थियो ।“पार्टीले दुवै विभागलाई सम्बन्धित मन्त्रालयअन्तर्गत नै फर्काउने निर्णय गरेको छ, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि यो निर्णय कार्यान्वयन भएन, अहिले पनि पार्टी सरकारमा भएकाले यो निर्णय कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न”, नेता कोइरालाले भने ।

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तका लागि सिफारिस समिति गठन गर्ने

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिसका लागि समिति गठन गरेर उपदफाको खण्ड ९ग०बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने भएको उनको भनाइ छ ।
वर्तमान उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेकाले सरकारले नयाँ नियुक्तीका लागि पहल थालेको हो ।

दोषी पार्टीकै भएपनि छोड्दिनँ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन् ।
बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका हुन् । उनले अनुसन्धानका क्रममा आफ्नै पार्टीका नेता कार्यकर्ता दोषी पाइए नछाड्ने प्रतिवद्धता जनाए ।

सरकारले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ । तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन् । यद्यपि, सरकारले छानबिन गरिरहेको छ ।

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान् युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ ।
नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ ।

त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्य योजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ ।कार्य योजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।

पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ ।सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान् उम्मेदवारलाई उनीहरूको कार्य योजनाका आधारमा छनोट गरिने जनाइएको छ ।

सुन तस्करीमा म संलग्न छैन –महरा

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् ।चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन ।

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन्, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु ।

मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ ।
मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल) नेपाल मेडिकल कलेज (जोरपाटी) र शङ्करापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए ।

सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए÷नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए÷नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए । उनले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए ।

उनले भने, “अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए÷नभएकोबारे बुझन खोजिएको हो ।”

बहिनी होटलमा बोलाउने, दाई थर्काउँदै ब्ल्याकमेलिङ गर्ने

हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो ।

झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थे । उनले प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेका थिए । त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजुभाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्ने गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए । उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाकार हुँ भन्ने गरेका थिए । उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ । उनी पेशाले सवारी चालक भएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *