देश

अन्तर व्यवस्थापिका सम्मेलन सहभागिताबारे राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालको ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।राष्ट्रपति सचिवालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (IPU) को साधारण सभामा आफ्नो सहभागिताबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। भ्रमणको उद्देश्य, सभामा नेपालको प्रतिनिधित्व तथा संसदीय कूटनीतिसँग सम्बन्धित विषयमा संक्षिप्त छलफल भएको जनाइएको छ।

भेटवार्तामा राष्ट्रियसभाको भूमिका, अन्तरराष्ट्रिय संसदीय सम्बन्ध विस्तार र नेपालको संसदीय उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ। टर्कीमा हुने उक्त अन्तरराष्ट्रिय मञ्चमा अध्यक्ष दाहालको सहभागिताले नेपालको संसदीय कूटनीतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *