देश

साइबर अपराधको आरोपमा युट्युबर नियन्त्रणमा, आपत्तिजनक सामग्रीमाथि अनुसन्धान सुरु

काठमाडौं । सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोबाट भएको प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गर्दै आएको ‘ज्बमभक’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहसहित विभिन्न नेताविरुद्ध गालीगलौज तथा अपमानजनक अभिव्यक्ति प्रयोग गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका पोखरेलविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

प्रहरीले सामाजिक सञ्जालमा सामग्री प्रकाशन गर्दा कानुनी मर्यादा र जिम्मेवारी पालना गर्न सबैलाई सचेत गराउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *