देश

प्रतिनिधिसभामा विषयगत समिति गठन सम्पन्न, सदस्यहरू अनुमोदित

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न १० वटा विषयगत समितिमा सदस्यहरू मनोनयन गर्दै संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाएको छ। शुक्रबार बसेको बैठकले सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरू अनुमोदन गरेको हो। नवनियुक्त सदस्यहरूसँगै प्रतिनिधिसभाका समितिहरू अब पूर्ण रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ। यी समितिहरूले कानुन निर्माण, नीतिगत समीक्षा तथा सरकारी कामको निगरानीमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रतिनिधिसभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरी १० वटा विषयगत समिति रहेका छन्।

समितिमा मनोनयन गरिएका सांसदहरूले अब सम्बन्धित क्षेत्रका मुद्दामा छलफल, अनुगमन र सुझावमार्फत संसद्को कार्यक्षमता बढाउने जिम्मेवारी पाएका छन्।

यी हुन् यी समितिमा मनोनित सांसदहरू

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *