देश

२१५ मतसहित रुबीकुमारी उपसभामुख निर्वाचित, राप्रपा ५ मतमै सीमित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा विजय हासिल गरेकी हुन्।

आजको मतदानमा उपस्थित २५७ सांसदमध्ये रुबीकुमारीले २१५ मत प्राप्त गरिन् भने सरस्वती लामाले ५ मत मात्रै पाइन्।

रुबीकुमारीलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस तथा नेकपाको समर्थन रहेको थियो, जसका कारण उनले सहज बहुमतसहित जित हात पारेकी हुन्।

उनको निर्वाचनसँगै प्रतिनिधि सभाको नेतृत्व तहमा श्रम संस्कृति पार्टीको उपस्थितिलाई थप मजबुत रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *