देश

सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ । उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा लामलाई उपसभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । लामाको पक्षमा केवल ५ मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो । त्यस्तै तटस्थमा ३७ मत परेको सभामुख डिपी अर्यालले जानकारी दिएका छन् ।

मतदान प्रक्रियामा २५७ सांसद सहभागी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *