देश

संयुक्त संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पौडेल संसद् भवनमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन पुगेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा आयोजित उक्त विशेष बैठकमा सहभागी हुन राष्ट्रपति पौडेल पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उनलाई स्वागत गरेका थिए। त्यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे संयुक्त संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन्। सो अवसरका लागि दुवै सदनका सांसदहरूलाई बैठकमा उपस्थित हुन आह्वान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *