देश

रास्वपाको समर्थन ठाकुरतर्फ, उपसभामुख निर्वाचनमा नयाँ समीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठकले ठाकुरलाई मतदान गर्ने औपचारिक निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार बैठकले राजनीतिक सहकार्य र वर्तमान संसदीय समीकरणलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको हो।

उपसभामुख पदका लागि आज दिउँसो ४ बजे निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सरस्वती लामाबीच प्रतिस्पर्धा हुने भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *