देश

सर्वोच्चमा कांग्रेस विवादको पेसी, दुई मुद्दा एउटै इजलासमा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादसँग सम्बन्धित दुई महत्वपूर्ण मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद र १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै दायर निवेदनमाथि संयुक्त इजलासमा बहस हुन लागेको हो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा दुवै मुद्दा पेशीमा राखिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णय गरेपछि त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष अदालत पुगेको हो। त्यस्तै, उक्त विवाद अदालतमा विचाराधीन रहँदाहुँदै पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको तथा सदस्यता खुला गर्ने निर्णय गरेको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै रिट दायर गरेका छन्। दुवै मुद्दाको आज हुने सुनुवाइले कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको प्रक्रिया कता मोडिने भन्नेमा चासो बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *