काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन्।
उनलाई नेपाल प्रहरी नम्बर–२ सशस्त्र प्रहरी गणबाट पत्नी यशोदा लेखकको जिम्मा लगाएर हिरासत मुक्त गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, अनुसन्धानका क्रममा आवश्यक परे उपस्थित हुने सर्तमा उनी रिहा भएका हुन्।
लेखकलाई भदौ २३–२४ गतेको घटनाबारे गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि भक्तपुरबाट पक्राउ गरिएको थियो।




