काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको कार्यशैलीमाथि नयाँ प्रश्न उठेको छ। टुकाभद्र हमाल ले प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध समानुपातिक सांसदहरूलाई विभेद गरेको आरोप लगाउँदै विषयलाई संसदमा उठाएकी हुन्। शून्य समयमा बोल्दै हमालले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मात्र प्राथमिकता दिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनका अनुसार विकास निर्माणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटघाटको अवसर दिइरहेका छन्, तर समानुपातिक प्रणालीबाट आएका सांसदहरूलाई भने त्यस्तो पहुँच नदिइएको गुनासो छ।
“समानुपातिक सांसदहरू किन वञ्चित ?” भन्ने प्रश्न उठाउँदै उनले सरकारको व्यवहार समावेशी सिद्धान्तविपरीत रहेको संकेत गरिन्।यसै क्रममा उनले राजनीतिक सन्दर्भ जोड्दै केपी शर्मा ओली र रमेश लेखक को रिहाको मागसमेत अघि सारिन्। संसदमा उठेको यो विषयले सरकारको पहुँच र संवाद शैलीमाथि बहस सुरु गराएको छ। समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गर्ने सांसदहरूको भूमिका र अधिकारबारे पुनः समीक्षा आवश्यक रहेको धारणा समेत व्यक्त हुन थालेको छ।




