काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम आजदेखि सुरु गर्ने भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको समीक्षा गर्न कार्यक्रम तय गरिएको हो। कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पहिलो कार्यक्रम मधेश प्रदेशको जनकपुरमा हुनेछ।
समीक्षामा सम्बन्धित प्रदेशका उम्मेदवार, क्षेत्रीय तथा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्य, समानुपातिक उम्मेदवार र प्रदेश पदाधिकारी सहभागी हुनेछन्।
निर्धारित तालिकाअनुसार चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौँडा र वैशाख ९ गते विराटनगरमा कार्यक्रम हुनेछ।




