देश

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

काठमाडौं। संविधान संशोधन बहसपत्र तयारीका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सदस्य रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले) बाट भीष्मनाथ अधिकारी, नेकपा बाट देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्य छन्।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन्। सदस्यसचिवमा लीलाधर सुवेदी रहेका छन्।

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि आजै आफ्ना प्रतिनिधि चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *