देश

मन्त्रिपरिषद्को निर्णय–डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा। गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार मन्त्रिपरिषद्ले डा. भट्टलाई आयोगको उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिइएको छ। डा. भट्टको नियुक्तिसँगै राष्ट्रिय योजना निर्माण तथा विकास नीतिका क्षेत्रमा नयाँ नेतृत्व आउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *