तेहरान । इरानले युद्ध अन्त्यका लागि १० बुँदे प्रस्ताव अघि सार्दै अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इरानी सरकारी समाचार संस्था आइआरएनएका अनुसार इरानले दीर्घकालीन र स्थायी समाधानमा जोड दिएको हो ।
दुई सातासम्म चलेको उच्चस्तरीय छलफलपछि इरानले अमेरिकी प्रस्तावप्रति आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत पठाएको जनाएको छ । प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमन सुनिश्चित गर्ने व्यवस्था, युद्धपछिको पुनर्निर्माण तथा प्रतिबन्ध हटाउने माग समावेश गरिएको छ ।
यता अमेरिकी पक्षले ४५ दिने युद्धविराम प्रस्तावलाई छलफलका विभिन्न विकल्पमध्ये एक भएको जनाएको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार उक्त प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अहिलेसम्म स्वीकृति दिएका छैनन् र ‘अपरेसन एपिक फ्युरी’ जारी रहेको छ ।




