राजनीति

प्रतिनिधिसभामा १५ सदस्यीय मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली

काठमाडौं। प्रतिनिधिसभाले नयाँ नियमावली तयार पार्न मस्यौदा समिति गठन गरेको छ। सोमबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव पेश गरेका थिए, जसलाई सभाले स्वीकृत गरेको हो।

समितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरू समावेश छन् र कुल १५ सदस्यीय समिति गठन भएको छ। समितिको सभापतिमा गणेश पराजुली चयन भएका छन्। यस समितिले प्रतिनिधिसभाको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली तयार गर्ने जिम्मेवारी पाएको छ।

सभापति

१. गणेश पराजुली

सदस्यहरू

२. ओजस्वी शेरचन

४. खगेन्द्र सुनार

५. खुस्बु ओली

६. गजला समिम मिकरानी

७. तपेश्वर यादव

८. ध्रुवराज राई

९. निशा डाँगी

१०. निश्कल राई

११. वलावती शर्मा

१२. मधु चौलागाईँ

१३. यज्ञमणि न्यौपाने

१४. रेखा कुमारी यदाव

१५. सुलभ खरेल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *