काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल यसअघि बसेको प्रतिनिधि सभा बैठकबाट सो पदमा निर्विरोध निर्वाचित भएका थिए ।




