देश

खाना पकाउने ग्यासको उपलब्धता सुनिश्चित गर्न सरकारलाई सांसद जयन्तीदेवी राईको आग्रह

काठमाडौं । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले खाना पकाउने ग्यासको उपलब्धता सुनिश्चित गर्न सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेकी छन्। राष्ट्रियसभामा बोल्दै उनले ग्यास अभावका कारण उपभोक्ताहरू समस्यामा परेको उल्लेख गर्दै सरकारले तुरुन्तै समाधान गर्नुपर्ने माग गरिन्।

सांसद राईले भनिन्, “उपभोक्ताले पैसा तिरेपछि ग्यास पाउनु नै पर्छ। अहिले झन्डै तीन महिना भयो, लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था छ। वृद्ध, बालबालिका र ठूलो परिवारका लागि विद्युतीय चुल्हो पर्याप्त विकल्प हुन सक्दैन।” उनले थपिन्, “सरकारले जनतालाई पैसा तिरेपछि सेवा उपलब्ध गराउन गम्भीर ध्यान दिनुपर्छ। ग्यासको व्यवस्था ढिलाइ गर्नु हुँदैन।” राईको यो मागसँगै सरकारले ग्यास आपूर्तिमा सुधार गर्ने दबाब बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *