देश

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशअनुसार विपक्षीले लिखित जवाफ पेश गरिसकेका कारण आज सुनुवाइ तय भएको हो।

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले दुवैलाई थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

यसअघि सर्वोच्च अदालतको छुट्टाछुट्टै इजलासले दुवै रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *