देश

काठमाडौँका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँमा गुण्डागर्दी नियन्त्रणका लागि ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको छ । त्यसक्रममा काठमाडौँका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संचालन गरेको अभियानका क्रममा १७ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

कलंकी बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिरजू महर्जन, सुजन कार्की, सुरु हमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै काठमाडौं अपराध अनुसन्धान कार्यालयले १३ जनालाई पक्राउ गरेको जनाएको छ । पछिल्लो समय प्रहरीले विचौलिया गुण्डागर्दी नियन्त्रणका लागि अभियान नै चलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *