देश

सहकारी अनियमितता प्रकरणः गोरखा सहकारीका शीर्ष पदाधिकारी काठमाडौंबाट नियन्त्रणमा

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा भएको आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा अध्यक्षसहित चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई तथा पूर्व लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रहरीका अनुसार सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको ४ अर्बभन्दा बढी रकम जम्मा भएको थियो। तर उक्त रकममध्ये ठूलो हिस्सा ऋण तथा लगानीका नाममा प्रवाह गरिएको देखिए पनि बाँकी रकमको स्पष्ट विवरण फेला नपरेपछि हिनामिनाको आशंका गरिएको हो। अनुसन्धानबाट केही ऋणहरू कमजोर धितो वा बिना धितो नै दिइएको प्रारम्भिक तथ्य पनि बाहिर आएको छ। यसले सहकारीको वित्तीय व्यवस्थापनमा गम्भीर त्रुटि रहेको संकेत गरेको छ। कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयको एसपी मनोहर भट्टले बताए ।पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ । यो सहकारीले साढे ५ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ । यस प्रकरणसँगै सहकारी क्षेत्रमा देखिएको समस्या फेरि एकपटक उजागर भएको छ। बचतकर्ताको रकम जोखिममा परेपछि यस्ता संस्थामाथि कडा निगरानी र कानुनी कारबाही आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *