राजनीति

संघीय संसदमा बादलको भाषण सही थियो,तर एमालेका युवा नेताहरुको आक्रोष किन ?

काठमाडौं । नेकपा (एमाले) भित्र पछिल्लो समय देखिएको आन्तरिक मतभेद फेरि सतहमा आएको छ। उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले बुधबार प्रतिनिधि सभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। यसै विषयलाई लिएर पार्टीले आज दिउँसो १ बजे सचिवालयको आकस्मिक बैठक बोलाएको छ।

बादलले आफ्नो सम्बोधनमा गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सफलता विभिन्न देखिने र नदेखिने कारणसँग जोडिएको टिप्पणी गरेपछि एमालेका केही युवा नेताहरूले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन्। उनीहरूले उक्त धारणा पार्टीको आधिकारिक लाइन नभई व्यक्तिगत अभिव्यक्ति भएको बताएका छन्।

यही असहमतिकै कारण पार्टीभित्र आकस्मिक बैठकको आवश्यकता देखिएको नेताहरू बताउँछन्। यद्यपि, बादलले भने आफ्नो भनाइ एक्लै नभई परामर्शकै आधारमा राखिएको दाबी गरेका छन्। उनी निकट स्रोतका अनुसार उनले लिखित सामग्रीका आधारमा नै मन्तव्य प्रस्तुत गरेका थिए। पार्टीभित्रको अर्को पक्ष भने उक्त भाषणको स्रोतबारे समेत चासो व्यक्त गर्न थालेको छ। केही नेताहरूले लिखित मन्तव्य कसबाट तयार पारिएको भन्ने विषयमा खोजी गरिरहेको बताइएको छ। आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नै नेता–कार्यकर्ताको संलग्नता रहेको आरोप खेपिरहेको रास्वपाका लागि निष्पक्ष छानबिन राजनीतिक रूपमा ‘आत्मघाती’ हुनसक्ने आँकलन गरिएको छ। यदि गहिरो अनुसन्धान अघि बढ्यो भने पार्टीभित्रैबाट ठूलो संख्यामा पक्राउ पर्ने सम्भावना रहनु स्वाभाविक मानिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित बालेन्द्र शाह९बालनं० प्रधानमन्त्री र गृहमन्त्री सुदन गुरुङ रहेका छन् । शाह र बालेन सो घट्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका नेताहरु हुने भने, तोसिमा कार्की संसद भवन जलाउन संलग्न भएको,हरी ढकाल,डिपी अर्याल लगायतका नेताहरु रविलाई नख्खु कारागारबाट रविलाई भगाउन सक्रिय भएका थिए ।

आन्दोलनका क्रममा राज्यका प्रमुख संरचनामाथि भएको आक्रमण, आगजनी, लुटपाट र कैदी भगाउने घटनाले केवल राजनीतिक असन्तुष्टि मात्र नभई संगठित अराजकताको संकेत दिएको थियो। तर युवापुस्ताहरु शासकको डरले किन वास्तविकता लुकाउन खोजिरहेका छन् । आज यस्ता घटनाको निष्पक्ष छानबिन नगर्ने हो भने पुनः अराजकताको आँधी हुरी नआउला भन्न सकिँदैन् ।

 

यसअघि संसदीय दलको नेता चयन प्रक्रियामा देखिएको आन्तरिक खटपटपछि पुनः यस्तो विवाद उत्पन्न हुँदा एमालेभित्रको शक्ति सन्तुलन र नेतृत्वबीचको सम्बन्धबारे प्रश्न उठ्न थालेका छन्। आजको बैठकले यस विषयमा स्पष्ट धारणा बनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *