काठमाडौं ।प्रतिनिधिसभाका सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सभामुख पदको निर्वाचन आइतबार हुने भएको छ।
तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली दिउँसो २:३० बजे प्रकाशन गरिने सचिवालयले जनाएको छ। सभामुख पदको निर्वाचन चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट गरिनेछ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।




