देश

बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीतः विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपाली सेना र बारबरा फाण्डेशनले रास्वपालाई जिताएका बताएका थिए ।

पौडेलले थापाको भनाईप्रति आपत्ति जनाउँदै पार्टी सचिवालय बैठकमा यसबारे छलफल हुने बताए । उनले भनेका छन्, ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *