काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार प्रस्ताव गर्ने निर्णय गरेको छ।
विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा अर्याललाई सभामुखको रूपमा अगाडि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
सभामुखको निर्वाचन चैत्र २२ गते हुने तय छ। प्रतिनिधि सभामा रास्वपाको १८२ सिट भएकाले अर्याल सभामुख बन्ने अवस्था प्रायः निश्चित रहेको छ। सभामुख चयन भएपछि कानुन अनुसार अर्यालले रास्वपाको साधारण सदस्यताबाट समेत राजीनामा दिनुपर्नेछ।




