देश

रिगल ढकालको माफी विवादमा सर्वोच्चको निर्णय-राष्ट्रपतिको कदमलाई सदर गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले चर्चित हत्या अभियोगका दोषी योगराज ढकाल ९रिगल०लाई राष्ट्रपतिबाट दिइएको माफी मिनाहा सम्बन्धी निर्णयलाई सदर गर्न गरिएको माग अस्वीकार गरेको छ। चेतन मानन्धर हत्या प्रकरणमा जन्मकैद सजाय भोगिरहेका ढकाललाई दिइएको उक्त माफीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मागअनुसार आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।

न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सम्मिलित बृहत् पूर्ण इजलासले उक्त निर्णय सुनाएको हो। अदालतको यस निर्णयसँगै राष्ट्रपतिबाट दिइएको माफीलाई कानुनी मान्यता दिनुपर्ने माग अघि नबढ्ने भएको छ। यो निर्णयसँगै माफी मिनाहा सम्बन्धी संवैधानिक अधिकार र त्यसको प्रयोगबारे बहस पुनः चर्किने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *