देश

ठेक्का विवादमा तानिएका व्यवसायी भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणको छानबिन सुरु

काठमाडौं । विभिन्न आर्थिक अनियमितता र ठेक्का विवादमा जोडिँदै आएका व्यवसायी दीपक भट्ट लाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। भट्ट यसअघि नै अध्यागमन विभाग को कालोसूचीमा परिसकेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान प्रक्रिया अघि बढाएपछि उनको राहदानी रोक्का गरिएको थियो।

सम्पत्ति शुद्धीकरणले सोमबार अध्यागमन विभागलाई पत्र पठाउँदै भट्टको राहदानी कालोसूचीमा राख्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा अध्यागमनले तत्काल कदम चाल्दै उनलाई निगरानी सूचीमा राखेको थियो।

भट्टमाथि ठूला सार्वजनिक खरिद र ठेक्कामा अनियमितता गरेको आरोप लाग्दै आएको छ। साथै, राजनीतिक पहुँच प्रयोग गरी विभिन्न निकायमा प्रभाव जमाउने, नियुक्ति तथा ठेक्का प्रक्रियामा चलखेल गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने सम्बन्धित निकायहरूले आर्थिक कारोबारका विभिन्न पाटोहरू केलाइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *