काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो दिनमै नेकपा (एमाले) का सांसदहरूले बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु हुनासाथ एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले एमाले नेता गुरु बराललाई बोल्न समय दिएका थिए।
सम्बोधनका क्रममा नेता बरालले सरकारले संविधानविपरीत काम गरिरहेको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा कडा आपत्ति जनाए। उनले आन्दोलनका क्रममा एमालेका नेता–कार्यकर्तामाथि बल प्रयोग गरी घाइते बनाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरे।
बरालले देश संविधानअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै ओली तथा कांग्रेस नेता रमेश लेखकको रिहाइको मागसमेत गरे।




