देश

पत्रकारको प्रश्नपछि श्रम मन्त्री दिपककुमार साहकाे भागाभाग, थप अनुसन्धान आवश्यक

काठमाडौं । दिपककुमार साह सार्वजनिक कार्यक्रममा पत्रकारको कडा प्रश्नपछि जवाफ दिन नसकी हतारिँदै बाहिरिएका छन्। उनीमाथि विगतमा लागेको ठगी आरोप पुनः सतहमा आएपछि राजनीतिक नैतिकता र पात्रताको बहस चर्किएको छ।

पत्रकारको प्रश्न, मन्त्रीको असहज प्रतिक्रिया

एक कार्यक्रममा पत्रकारले सोधेको सीधा प्रश्न-“एमबिबिएसमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेको तपाईं नै हो दिपक साह ?”—पछि मन्त्री साह स्पष्ट जवाफ दिन नसकी अलमलिएको देखिए। उनले “म पक्राउ परेको भए मन्त्री हुन्थेँ?” भन्दै प्रश्न टार्ने प्रयास गरे। तर, पत्रकारले प्रतिप्रश्न गर्दै “त्यसो भए नेपाल प्रहरी गलत हो?” भनेपछि वातावरण थप असहज बन्यो। त्यसपछि शाह कार्यक्रमस्थलबाटै बाहिरिएका थिए।

पुरानो विवरण : प्रहरीले सार्वजनिक गरेको तथ्य

नेपाल प्रहरीले २०७३ असोजमा सार्वजनिक गरेको विवरणअनुसार साह ‘वर्ल्ड वाइड कन्सल्टेन्सी’ का सञ्चालक रहँदा एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए। उक्त घटनामा उनले आफूलाई डाक्टरसँग सम्बन्ध भएको भन्दै रकम लिएको आरोप थियो। प्रहरीका अनुसार उनीसँगै अर्का एक व्यक्ति पनि पक्राउ परेका थिए, र दुवैलाई ठगी मुद्दामा कारबाहीका लागि पठाइएको थियो। मन्त्री भएपछि प्रश्न झन् गम्भीर बन्दै आएको छ ।

शाह अहिले बालेन साह नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। सरकार गठनका बेला “क्षमता र योग्यता”लाई प्राथमिकता दिने दाबी गरिएको थियो। तर, विगतको आपराधिक आरोपसँग जोडिएको व्यक्तिलाई मन्त्री बनाइएको विषयले सरकारकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ। पुरानो मुद्दाबारे सञ्चारकर्मीले सोध्दा शाहले “त्योबारे बोल्न मिल्दैन” भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले फोन संवादमा समेत विषय टार्ने प्रयास गरेका थिए।

दिपककुमार  साह विरुद्धको पुरानो ठगी प्रकरणले पुनः चर्चा पाउँदा प्रश्न उठेको छ-के सार्वजनिक पदमा नियुक्तिका लागि विगतको पृष्ठभूमि महत्वहीन हो? पत्रकारको साधारण प्रश्नबाटै भाग्नुले मात्रै होइन, जवाफ दिन नखोज्नुले पनि पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। यसबारे सम्बन्धित निकायले पुनः अनुसन्धान गरी कारबाही गर्ला कि नगर्ला ? आम तीन करोड नागरिकहरुले सामाजिक संजालदेखि चोकचोकमा समेत प्रश्न उठाउन थालेका छन् । यसअािघ यो समाचार उकेरा अनलाइन मिडियाले पनि सार्वजनिक गरिसकेको छ । यस्तै अर्को अनलाइन मिडियो रातोपाटी,डटकमले पनि सार्वजनिक गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *