देश

कांग्रेस पार्टी संकटको घडीमा : पूर्वसंस्थापन पक्षलाई,संस्थापन पक्षको दबाब, पार्टीको भविष्य अन्योलमा

काठमाडौं । जेनजी आन्दोलनअघिको र जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक परिस्थिति फरक बनेको छ । कांग्रेस पनि सो घटनापछि दुई भागमा विभाजित छ । गत भदौ २३ र २४ गते देशमा भएको विध्वंशकारी आन्दोलनका क्रममा निर्वतमान पार्टी सभापति र पूर्व परराष्ट्रमन्त्री आरजु राणा(देउवा)माथि जेनजी प्रर्दशनकारीले निर्घात कुटपिट गरी रक्ताम्मे पार्दा समेत तत्कालीन महामन्त्री गगन थापा र विश्व प्रकाशको युवा जमातले प्रतिकार गर्न सकेनन् उल्टै कांग्रेस पार्टी कार्यालय शीर्ष नेताहरुका घर,नीजि तथा भौतिक तथा अभौतिक सम्पति जलाएर नष्ट पार्दा समेत नेपाली कांग्रेसको युवासँगठनले प्रतिवाद गर्न सकेन, त्यति मात्र होइन्, थापा र शर्मा लगायतको समुहले देउवासमुहमाथि आक्रमण हुँदा खुशी मनाए ।

नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन गत पौषको अन्तिम साता गर्ने निर्णय कांग्रेस केन्द्रि समितिले ग¥यो । सो बैठकमा तत्कालीन महामन्त्री थापा, शर्माको टिम पनि सहभागि थियो । जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिले नेपालबाट कांग्रेस सक्ने रणनीति बनाएपछि निर्वतमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापतिले निर्वाचमा होमिन सम्पूर्ण सिङ्गो कांग्रेसलाई आह्वान गरेका थिए ।

देउवाले आफु सभापति नहुने भन्दै सोही घटनापछि कार्यबाहकको जिम्मेवारी पूर्ण बहादुर खड्कालाई दिएका थिए । त्यसपछि गगन थापा र विश्व प्रकाश शर्माको नेतृत्वमा निर्वाचनअघि नै विशेषमहाधिवेशन गरेर निर्वाचनमा जाने निर्णय गर्दै भृकुटी मण्डमा एकपक्षीय भेला मार्फत सभापतिमा गगन थापा निर्वाचित भए अनि उपसभापतिमा विश्वप्रकाश शर्मा । सो महाविधेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेस तत्काली संस्थापनपक्षले पार्टीको आधिकारीकता आफुहरुले पाउनुपर्ने भन्दै सर्वोच्चमा मुद्धा दर्ता ग¥यो । सो मुद्धा विचाराधीन अवस्थामैँ छ ।

सोही अवधिमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वले गत फागुण २१ गतेको संसदीय निर्वाचनमा टिकट वितरण गरे । टिकट वितरणमा पनि मनोपोली चल्यो । कांग्रेस पूर्व संस्थापन पक्षका करिब एक दर्जन बढि नेताहरुले टिकट नै पाएनन् । त्यहाँबाट पनि कांग्रेस विशेष महाधिवेशन पक्षले पुर्व संस्थापनपक्षमाथि हमला गर्दै आएको थियो । थापा समुहले पार्टी विद्रोह गरेर कांग्रेसभित्र बिग्रीएको र बदलिएको कांग्रेसको नारा घन्कायो । विशेषमहाधिवेशन मार्फत सभापतिमा निर्वाचित भएपछि प्रधानमन्त्रीको दाबी सहित निर्वाचनमा होमिएका सभापति थापा नै पराजित भए । कांग्रेसले निर्वाचनमा सोही विवादका कारण नराम्रो हार बेहोर्नु प¥यो । कांग्रेसले प्रत्यक्ष तर्फ जम्मा १८ सिट ल्याएर दोस्रो पाटी बन्यो । कांग्रेस सभापति तथा प्रधानमन्त्रीका दाबेदार गगन थापा नै निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र तेस्रो विवाद सुरु भयो । कांग्रेस पुर्व संस्थापनसहित नेविसंघ सम्पूर्ण कांग्रेसीहरुले नेतृत्व परिवर्तनको आवाज उठाए ।

त्यसपछि सभापति थापाले उपसभापतिलाई पार्टीबाट राजीनामा दिने घोषणा गर्दै पत्र बुझाए । तर उपसभापतिले थापालाई राजीनामा नदिई आत्मासमिक्षा गर्दै अघि बढ्न र राजीनामा अस्वीकृत गर्ने निर्णय कांग्रेस संस्थापन पक्षको केन्द्रिय समितिले ग¥यो । त्यसपछि सभापति थापाले पुनः आत्मासमिक्षका लागि अर्को फण्डा तयार पार्दै निर्वतमान सभापति देउवामाथि दोष थुपारे । जेनजी आन्दोलकारीहरुको निर्घात कुटपिटबाट घाइते भएका देउवा उपचारका लागि सिङगापुर गएका थिए । अहिले समयमा पनि देउवा उपचारका क्रममा विदेशमैँ छन् । थापाले देउवालाई बारम्बार धम्क्याँदै पार्टीभित्र अनुहार नदेखाउन र नबोल्न समेत भने । देउवाको अनुहार निर्वाचनको फिल्डमा देखिए आफुहरु हार्ने भन्दै देउवालाई प्रेसर समेत थापाले दिएका थिए । लोकतन्त्रका लागि बारम्बार आवाज उठाएका देउवाले नै टिकट पाएनन्। जुन सिङगो कांग्रेसका लागि घातक बन्यो । निर्वाचनमा कांग्रेस पराजय बेहोर्नुको प्रमूख कारण विशेष महाधिवेशन गरेर थापा समुहले गरेको विद्रोह भएको पुर्व संस्थापन पक्षले निष्कर्ष निकालेको छ ।

समयमा नियमित महाधिवेशन गर्नका लागि क्रियाशिल सदस्यता नविकरण र सदस्यता पत्र वितरण गर्न नसकेका थापाले कांग्रेस् पूर्व संस्थापन पक्षलाई पछिल्लो समय पनि बारम्बार धम्की दिदैँ आएको छ । निर्वाचनमा विभिन्न गुटबाट निर्वाचमा चुनावी मैदानमा उत्रिएका देउवा समुहका उम्मेदवारहरुले नै बढि सिट ल्याएर निर्वाचनमा जित हासिल गरे । संघीय संसदमा देउवासमुहको नै बहुमत देखिएको छ ।

निर्वाचनपछि निर्वाचित सांसदहरुलाई बधाई दिन र बालेन सरकार गठनपछि कांग्रेस् देउवासमुहमाथि भएको हमला,समसामयिक राजनीतिक घटनाका विषयमा छलफलका लागि पूर्व संस्थापन पक्षका कार्यबाहक सभपाति पूर्णबाहदुर खड्का र बरिष्ठ नेता शेखर कोइराला समुहले केन्द्रिय समितिको बैठक बोलाएपछि संस्थापन कांग्रेसका प्रवक्ताले नै धम्की पुर्ण मानमर्दन हुने किसिमको अभिव्यक्ति दिए ,कांग्रेस पुर्वसंस्थापन पक्षलाई । उनीहरुले कांग्रेसको आधिकारिकता आफुहरुले पाउनुपर्ने र आधिकारीकताको विषय टुङ्गोमा नपुगी विशेष महाधिवेशनपक्ष कांग्रेस संथापनले भदौ बोलाएको महाधिवेशनमा आफुहरु सहभागि नहुने बताइसकेका छन् ।

जेनजी आन्दोलनदेखि नै जेनजी युवाहरु र हालका निर्वाचित गृहमन्त्री सुदन गुरुङको साथ पाएका सभापति थापाले कांग्रेसमाथि हमला हुँदा समेत रमिते बनेर गुरुङलाई साथ दिएको विश्लेषण कांग्रेसभित्र हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रतिसोधपूर्ण बालेन सरकारले गिरफतारी गर्दा समेत सडकमा देखिएनन् कांग्रेसका नेता तथा कार्यकर्ताहरु । कांग्रेस संस्थापन समुहले एक विज्ञप्ती निकाल्यो । विज्ञप्ती र पत्रकारसम्मेलन मार्फत निष्पक्ष छानबिन र लेखकलाई रिहा गर्न भने माग गरे । पूर्व कांग्रेस संस्थापनपक्षलाई हमला हुँदा संस्थापन थापा नेतृत्वको कांग्रेसले खुशी मनाएको भन्दै कांग्रेसभित्र विवाद सुरु भएको छ । तत्कालीन गृहमन्त्री मात्र प्रहरीको हिरासतमा पुगेका छैन्,पूर्व उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खडका समेत पक्राउ परेका छन् । तर सो विषयमा कांग्रेस संस्थापन पक्ष मौन देखिन्छ ।

जेनजी आन्दोलनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिन थालेको छ। पछिल्लो समय संस्थापन पक्षले पार्टीका महत्वपूर्ण निर्णयहरूमा वर्चस्व जमाउन खोज्दा पूर्वसंस्थापन समूह दबाबमा परेको संकेतहरू देखिएका छन्। पार्टीभित्र नीति निर्माणदेखि संगठन विस्तारसम्मका विषयमा संस्थापन पक्ष हाबी बन्दै गएको आरोप पूर्वसंस्थापन समूहको छ। उनीहरूका अनुसार छलफल र सहमतिको परम्परा कमजोर बन्दै गएको छ भने निर्णयहरू सीमित घेराभित्रै केन्द्रित हुन थालेका छन्।

पूर्वसंस्थापन समूहका नेताहरूले आफूहरूको धारणा सुन्ने वातावरण खुम्चिँदै गएको गुनासो गरेका छन्। यसले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ। संस्थापन पक्षले संगठनात्मक नियुक्ति, जिम्मेवारी बाँडफाँड र आगामी रणनीतिमा आफ्नो प्रभाव बढाउँदै लग्दा पूर्वसंस्थापन पक्ष क्रमशः किनारामा पारिएको महसुस गर्न थालेको छ। यसले पार्टीभित्र असन्तोष बढाउने मात्र होइन, आगामी दिनमा गुटगत टकराव थप चर्किने संकेत पनि दिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो शक्ति असन्तुलन दीर्घकालीन रूपमा पार्टीका लागि जोखिमपूर्ण हुन सक्छ। यदि संवाद र सहमतिको आधार कमजोर भयो भने आन्तरिक एकता प्रभावित हुने सम्भावना उच्च रहन्छ। अर्कोतर्फ, संस्थापन पक्ष भने पार्टीलाई एकीकृत ढंगले अघि बढाउन केन्द्रित भएको दाबी गर्दै आएको छ। तर, व्यवहारमा त्यो दाबी कत्तिको लागू हुन्छ भन्ने प्रश्न खुलै छ।

नेपाली कांग्रेस भित्र देखिएको यो शक्ति संघर्ष अब केवल गुटगत विवादमा सीमित छैन, यसले पार्टीको भविष्यको दिशा तय गर्ने संकेत दिइरहेको छ। तर पार्टीको भविष्य पनि उतिकै अन्यौलमा छ । नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्न सकेन भने आन्तरिक विभाजन गहिरिने जोखिम छ। अहिलेको अवस्था हेर्दा, कांग्रेसभित्रको शक्ति सन्तुलन जोगाउने चुनौती नेतृत्वसामु गम्भीर रूपमा उभिएको छ।

यसैबीच, मंगलबार पुर्व कांग्रेस संस्थापन समुहले बोलाएको केन्द्रिय समितिको बैकमा शीर्ष नेताहरूले मुलुकको समग्र राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे छलफल गर्न बैठक राखेका थिए । भेलामा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायत शीर्ष नेताहरूको उपस्थितिले यस समूहको संगठनात्मक शक्ति र प्रभावलाई स्पष्ट संकेत गरेको छ।

विश्लेषकहरूले यसलाई पार्टीभित्रको शक्ति सन्तुलन र रणनीतिक समीकरण तय गर्ने एउटा महत्वपूर्ण चरणको रूपमा हेरिरहेका छन्। गुरु बरालका अनुसार, “भेलाले ध्रुवीकरण बढाउनेभन्दा पनि पार्टी एकताबद्ध गर्न सहयोग पुर्याउने उद्देश्य राखेको हो,” तर वास्तविकतामा यस्तो भेटघाटले आन्तरिक द्वन्द्वलाई बढाउने सम्भावना पनि बोकेको छ। यस्तै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने, गगन थापा पक्षभन्दा आफ्नो समूह बलियो भएको दाबी गर्दै, “कसैलाई निषेध गरेर बलियो हुने अवस्था छैन। पार्टीभित्रका सबै धारले सहनशीलताका साथ एकताको बाटो रोज्नुपर्छ” भन्दै स्पष्ट सन्देश दिएका छन्।

केन्द्रीय सदस्यहरूका अनुसार अहिलेको प्रमुख चुनौती भनेकै कांग्रेसलाई एकताबद्ध राख्दै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्नु हो। तर, व्यवहारमा भने नेताहरूबीचको अविश्वास र प्रतिस्पर्धाले उक्त लक्ष्यमा बाधा पुर्‍याइरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरू चेतावनी दिन्छन्—यदि संकटको समयमा कांग्रेसभित्र सहमति, संवाद र सहकार्य स्थापित हुन सकेन भने पार्टीले केवल संगठनात्मक कमजोरी मात्र होइन, दीर्घकालीन राजनीतिक क्षति समेत बेहोर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा आन्तरिक विवादलाई व्यवस्थापन गर्दै साझा एजेन्डामा केन्द्रित हुनु नै कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। समग्रमा, अहिलेको परिस्थिति कांग्रेसका लागि ‘परीक्षाको घडी’ हो। यदि यही समयमा एकता कायम गर्न असफल भयो भने पार्टीभित्र अर्को ठूलो संकट उत्पन्न हुने संकेतहरू स्पष्ट देखिन थालेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *