राजनीति

कांग्रेस इतर समूहको भेटवार्ता , शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मको बाक्लो उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले धुम्बाराहीस्थित होटल स्मार्टमा भेला गर्दै आफ्नो आन्तरिक सक्रियता देखाएको छ। पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको उक्त भेला औपचारिक बैठक नभई अनौपचारिक छलफलका रूपमा आयोजना गरिएको हो। भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको उल्लेख्य सहभागिता देखिएको छ भने विशेष महाधिवेशनबाट आएका नेताहरू भने सहभागी भएका छैनन्।

नेता गुरु बरालका अनुसार यो भेला पार्टीभित्र ध्रुवीकरण बढाउनेभन्दा पनि एकता सुदृढ गर्ने उद्देश्यले गरिएको हो। उनले निर्वाचन समीक्षा, समसामयिक राजनीतिक अवस्था तथा केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी विषयमा समेत छलफल हुने जानकारी दिए। भेलामा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

त्यसैगरी, बद्रि पाण्डे, जीवन परियार, मानबहादुर विश्वकर्मा, मोहन बस्नेत, महेन्द्र सुब्बा, एनपी साउद, श्याम घिमिरेलगायत दर्जनौँ केन्द्रीय सदस्यहरूको बाक्लो उपस्थिति देखिएको छ।यो भेलालाई कांग्रेसभित्रको शक्ति सन्तुलन, आगामी रणनीति र आन्तरिक समीकरण तय गर्ने महत्वपूर्ण संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।

यी हुन् भेलामा सहभागी नेताहरू

पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *