राजनीति

कांग्रेस संस्थापनइतर समुहको बैठक कार्यबाहक उपसभापतिको नेतृत्वमा जारी , मुख्य तीन एजेण्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक समीकरण फेरि सतहमा देखिएको छ। कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले बोलाएको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ। धुम्बाराहीस्थित होटल स्मार्टमा भइरहेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरू सहभागी भएका छन्। यो समूहले पार्टीभित्र नेतृत्वको विषयमा फरक धार राख्दै आएको छ।

बैठकमा तीन प्रमुख एजेण्डामा केन्द्रित भएर छलफल भइरहेको जनाइएको छ—पछिल्लो निर्वाचनको समीक्षा, आगामी महाधिवेशनको तयारी तथा पार्टीभित्रको समग्र आन्तरिक अवस्थाको मूल्यांकन। बैठकमा खड्कासहित श्याम घिमिरे, एनपी साउद, मोहनबहादुर बस्नेतलगायत देउवा समूहका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

यो बैठकलाई कांग्रेसभित्र देखिएको नेतृत्व विवाद र भावी रणनीति तय गर्ने महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *