देश

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौं । रवि लामिछाने र महन्थ ठाकुरबीच मंगलबार बिहान भेटवार्ता सम्पन्न भएको छ। ठाकुर लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेर उनीसँग समसामयिक विषयमा कुराकानी गरेका हुन्। भेटका क्रममा देशको वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका प्राथमिकता तथा आगामी योजनाबारे छलफल भएको जानकारी लामिछानेको सचिवालयले दिएको छ।

सचिवालयका अनुसार पछिल्लो जनादेशलाई सम्मान गर्दै समग्र राष्ट्रिय विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै नेताबीच समझदारी बनेको छ।
ठाकुर जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक हुन् भने रास्वपा हाल देशको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *