देश

महेश बस्नेतलाई पक्राउ नपर्ने

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बस्नेतलाई पक्राउ गर्न अनुमति माग्दै मिसिल पेस गरेको थियो, तर अदालतले अनुमति नदिएको एसएसपी रमेश थापाले जानकारी दिए ।

प्रहरीले धादिङकी शोभा पाठकको तामेलीमा राखिएको मुद्दामा बस्नेतविरुद्ध पक्राउ अनुमति मागेको निवेदन अदालतमा पेस गरेको थियो। न्यायाधीश ध्रुव कार्कीको बेन्चमा सुनुवाइ हुँदा अदालतले अनुमति नदिने निर्णय गरेको स्रोतले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, अदालतको यस निर्णयपछि बस्नेत पक्राउ प्रक्रिया रोकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *