देश

कांग्रेसमा समानान्तर गतिविधि सुरु, खड्क-शेखर समूहद्धारा सांसदलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर समूहले निर्वाचित सांसदहरूलाई सोमबार बधाई दिएका छन्।

कार्यक्रममा नेताहरूको आगमन क्रम जारी रहेको छ। यसैक्रममा समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। बैठक मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा आयोजना हुने बताइएको छ। निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बैठकबारे जानकारी दिइन्।

नेताहरूलाई बैठकमा सहभागी गराउन केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले टेलिफोनमार्फत सूचित गरिरहेका छन्। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सर्वोच्च अदालतमा दायर गरिएको रिटबारे छलफल हुने छ। उक्त रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा–शेखर समूहले सर्वोच्च अदालतमा रिट दायर गर्दै समानान्तर गतिविधि सुरु गरेको हो। यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि निवर्तमान सभापति खड्काले वक्तव्य जारी गर्दै समानान्तर पहल थालेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *