देश

लुम्बिनी कांग्रेसमा निर्वाचनपछिको तरंग : अन्तर्घात आरोपमा १०० भन्दा बढी नेता कारबाहीको घेरामा

काठमाडौं । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र अन्तर्घातको विवाद चर्किएको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सयभन्दा बढी नेता तथा कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

विभिन्न जिल्लाबाट केन्द्रीय कार्यालयमा पुगेका उजुरीहरूमा केही नेता तथा कार्यकर्ताले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा नउभिई स्वतन्त्र वा विपक्षी उम्मेदवारलाई सहयोग गरेको दाबी गरिएको छ । ती उजुरीका आधारमा प्रदेश र केन्द्र दुवै तहमा छानबिन तथा कारबाही सिफारिसको काम तीव्र पारिएको हो ।

पार्टीभित्र एक पक्षले निर्वाचनमा योजनाबद्ध रूपमा असहयोग भएको आरोप लगाइरहेको छ भने अर्को पक्षले त्यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरिरहेको नेताहरू बताउँछन् । यसले लुम्बिनी कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको देखिएको छ ।

कारबाही सिफारिसमा स्थानीय तहका कार्यकर्तादेखि जिल्ला, प्रदेश र पूर्वकेन्द्रीय तहसम्मका नेताहरूको नाम समावेश गरिएको स्रोतले जनाएको छ । नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट सबैभन्दा धेरै उजुरी परेका छन् ।

नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ र २ मा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, महासमिति सदस्य गुणनिधि तिवारी, क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेय, प्रदेश वनमन्त्री देवकरणप्रसाद कलवार, जिल्ला सदस्य सञ्जयमणि त्रिपाठीसहित ४३ जनामाथि कारबाही गर्न केन्द्रमा सिफारिस पठाएको छ ।

पार्टी स्रोतका अनुसार अन्य जिल्लाबाट आएका सिफारिससमेत जोडिँदा कारबाहीको दायरामा पर्ने नेता–कार्यकर्ताको संख्या सय नाघ्ने देखिएको छ । कांग्रेसले यस विषयमा आवश्यक छानबिनपछि औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।ooooooooooooooo

jjjjjjjjjj

nc p

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *