काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकताको विषय थप पेचिलो बन्दै गएको छ । विशेष महाधिवेशनमार्फ निर्वाचित ,निर्वाचन आयोगको आधिकारिकता पाएको सभापति गगन थापासमुहले पार्टीभित्र पुरानो र नयाँ कांग्रेस भन्दै गरेको न्यारेटिभ्सका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकताका विषयमा मदभेद जारी छ । सोही विभेद र पार्टीभित्रको आन्तरिक कलहका कारण निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन नसकेको विश्लेषण भइरहेको छ । यद्यपी नेपाली कांग्रेसले हारको विषय स्वीकार्दै बालेन नेतृत्वको सरकारलाई निष्पक्ष देश र जनताका लागि काम गर्न सुझाव यसअघि नै दिइसकेको छ । सभापति थापासमुहले केहि दिनअघि केन्द्रिय समितिको बैठकमार्फत १५ औँ महाधिवेशन भदौको अन्तिम साता गर्ने निर्णय गरेको छ । तर निवर्तमान सभापति समुहले पार्टीको आधिकारीकताको निर्णय सार्वजनिक नभई महाधिवेशनमा जान नसकिने अडान राख्दै आएको छ ।
बदलिएको कांग्रेसको नारा काठमाडौँंको टावरबाट प्रसारण गरेको थापा नेतृत्वको कांग्रेसले गत निर्वाचनमा नराम्रो पराजय बेहोरेपछि देउवा समुहले आफ्नो पक्षमा बहुमत भएको भन्दै आगामी दिनमा पार्टीका आधिकारीकता देउवासमुहले पाउनुपर्ने अडान राख्दै दबाब बढाएको छ । निर्वाचनमा पराजित भएपछि सभापति गगन थापाले नैतिकताका आधारमा राजीनामा दिएका थिए तर थापा नेतृतवमा का.वा सभापतिको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले थापाको राजनीतिमा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रिय समिति बैठकमा पेश गरेपछि सो बैठकले सभापति थापाको राजीनामा स्वीकृत गरेको थियो । कांग्रेसको आधिकारिकताको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सर्वोच्च अदालतले चैत्र २२ गतेका लागि सुनुवाईको पेशी तोकेको छ । अदालतको आदेशपछि कांग्रेसभित्र देखिएको विवाद समाधान हुने र सोही आधारमा अघि बढ्दै दुबै पक्षले आधिकारीक धारणा सार्वजनिक गरेका छन् । पार्टीभित्र दुई धार हुँदा कांग्रेस सत्ता र सदनमा कम्जोर देखिने विश्लेष जारी छ ।
निर्वमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन भन्दा अगावै का।वा सभापतिको जिम्मेवारी पूर्ण बहादुर खड्कालाई दिएका थिए । शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउपछि नेपाली कांग्रेसभित्रै मतभेद थप सतहमा आएको छ। एउटै विषयमा पार्टीबाट छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक हुँदा संस्थापन र संस्थापन इतर समूहबीचको दूरी थप बढेको देखिएको हो। पार्टी केन्द्रीय कार्यालयबाट जारी आधिकारिक धारणा अपेक्षाकृत संयमित देखिन्छ। उक्त वक्तव्यमा भदौ २३ र २४ का घटनाबारे सुरुदेखि नै निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिनको पक्षमा रहेको उल्लेख गरिएको छ। साथै गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र एकपक्षीय भएको भन्दै दुवै दिनका घटनाको समग्र अनुसन्धान आवश्यक रहेको जोड दिइएको छ।
सभापति थापा नेतृत्वको कांग्रेसले विज्ञप्ती सार्वजनिक गरेपछि देउवा समुहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अर्को विज्ञप्ति सार्वजनिक गरेपछि कांग्रेसभित्र आक्रामक विवाद सतमा आएको हो । उक्त समूहले पनि ओली र लेखकको गिरफ्तारीलाई प्रत्यक्ष राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेको छ। साथै, संविधान र कानुनी प्रक्रियाविपरीत कदम चालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुवै धारको अभिव्यक्तिले कांग्रेसभित्र रणनीतिक मतभेद मात्र नभई नेतृत्व तहमा नै स्पष्ट ध्रुवीकरण देखिएको विश्लेषण हुन थालेको छ। एक पक्ष संस्थागत प्रक्रिया र सन्तुलनमा जोड दिइरहँदा अर्को पक्ष सरकारविरुद्ध कडा प्रतिवादमा उत्रिएको देखिन्छ। यता, पार्टीको आन्तरिक अनुशासन र समन्वयबारे छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। आगामी बैठकले देखिएको मतभेद व्यवस्थापन गर्ने कि अझ गहिरो बनाउने भन्ने चासो बढेको छ। ओली–लेखक पक्राउ प्रकरणले अब केवल सरकार र प्रतिपक्षबीचको विवाद मात्र होइन, कांग्रेसभित्रको शक्ति सन्तुलन र नेतृत्वको दिशाबारे पनि प्रश्न उठाउन थालेको छ।







