देश

ओली र लेखक पक्राउपछि कांग्रेस र एमालेमा देखिएको फरक दृष्य,कांग्रेस संयमित,एमाले आक्रामक

काठमाडौं । गत भदौ २३ र २४ गते देशमा भएको विध्वंशकारी जेनजी आन्दोलनको अनुसन्धानका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरेपछि नवगठित बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले तत्कालीन सरकारप्रमूख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि सरकार गठन भएको २४ घण्टा नबित्दै सेतो कपडामा नै गिरफ्तारी ग¥यो । त्यसपछि सोही आन्दोलनको झल्को दिने घटनाको परिदृष्य सडकमा देखियो । आफ्ना अध्यक्षलाई विधी विद्यान र मर्यायादालाई अड्कलबाजी गर्दै गिरफ्तारी गरिएको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु सडकमा उर्तिए । एमालेले सो विषयमा सचिवालय बैठक गर्दै सो घटनालाई निष्पक्ष अनुसन्धान,उच्चस्तरीय छानबिन समिति गठन र सडक र सदनबाट प्रतिवाद गर्ने निर्णय ग¥यो । त्यसपछि सडकमा उत्रिएको आक्रोसित प्रर्दशनकारीको भिडले सडकमा टायर बालेर प्रर्दशन गरेको थियो ,कुटपिट,अराजक गतिविधि देखाउँदा सुरक्षाकर्मीहरुलाई सो भिडलाई शान्त पार्न निकै लामो समय लागेको थियो । केपी शर्मा ओली र लेखक पक्राउ परेपछि नेपाली राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। यो घटनाले विशेषगरी दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा एमाले—बीचको दृष्टिकोणको स्पष्ट भिन्नता उजागर गरेको छ।

नेपाली कांग्रेसले यस घटनाप्रति अपेक्षाकृत संयमित प्रतिक्रिया दिएको देखिन्छ। पार्टीका नेताहरूले कानुनी प्रक्रिया र संस्थागत पद्धतिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले पक्राउबारे तत्काल राजनीतिकरण नगरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन्। कांग्रेसको रुखले उनीहरू लोकतान्त्रिक मूल्य र विधिको शासनप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ । कांग्रेस अनावश्यक विवाद वा उत्तेजना सिर्जना नगर्ने रणनीति पनि यसमा झल्किन्छ। अर्कोतर्फ, नेकपा एमालेले भने यस घटनालाई तीव्र रूपमा राजनीतिक मुद्दा बनाएको छ। पार्टीका नेताहरूले पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै सरकारमाथि कडा आलोचना गरेका छन्। एमालेको आक्रामक शैली सडक र संसद् दुवै ठाउँमा देखिएको छ। उनीहरूले यस घटनालाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गर्दै विरोध प्रदर्शन र कडा वक्तव्यहरू सार्वजनिक गरिरहेका छन्।

ओली र लेखकपछि नेपाली कांग्रेस सभापति गगन थापापक्ष र निर्वतमान सभापति पक्षले दुई विज्ञप्ती समार्वजनिक गरे । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा भनेर गरिएको सो पक्राउ गैरसंवैधानिक र गैरकानुनी भएकाले त्यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउ वर्तमान सरकारको पूर्वाग्रही निर्णय भएको का.वा सभापति खड्काले बताएका छन् । कांग्रेसभित्र पूर्णबहादुर खडकाले कार्यबाहक सभापति रहेको विज्ञप्ती सार्वजनिक गरेपछि कांग्रेसभित्र मतभेद पार्टीको विषयमा बाँझिएको छ । उनीहरुको ठमेलको एक होटलमा बैठक बसेर कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति जारी गरेका थिए । साथै सो विज्ञप्तिमा आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरेका छन् ।

‘सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ कांग्रेसकै लेटर प्याडमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ । साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।’ यसअघि एमालेले पनि आजै बिहान पार्टीको केसन्द्रीय समितिको आकस्मिक बैठक बसेर सो घटनाको विरोध गर्दै ओली लेखक रिहाइको माग गरेको थियो ।

यी दुई फरक प्रतिक्रियाले दुवै दलको राजनीतिक रणनीति र शैलीलाई प्रस्ट पारेको छ । कांग्रेसले संस्थागत प्रक्रिया, संयम र सन्तुलन र नेकपा एमालेले आक्रामक प्रतिवाद, जनमतलाई तातो बनाउने प्रयास गरेको देखिनछ । सडकमा देखिएको प्रदर्शनकारीको भिड र मिडियाबाट गरेको प्रचार र ध्यानाकर्षणले राजनैतिक संस्कारका बारेमा पनि स्पष्ट मानचित्र सार्वजनिक गरेको प्रष्टै देखिएको छ । आली र लेखक पक्राउको घटनाले केवल कानुनी प्रश्न मात्र होइन, राजनीतिक दृष्टिकोणको भिन्नता पनि उजागर गरेको छ। नेपाली कांग्रेसको संयमित र नेकपा एमाले को आक्रामक शैलीले आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने हेर्न बाँकी छ। हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ । ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन् । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् । लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् । शनिबार पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ । ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ। अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *