काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ ल्याइएको छ।
शनिबार अदालत बिदा भएकाले उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा पेश गर्ने तयारी गरिएको हो। नेपाल प्रहरीले पक्राउ गरेका लेखकलाई हाल २ नं. गण महाराजगञ्जमा राखिएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि लेखक सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए।




