देश

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी, घरमा बाक्लो सुरक्षा परिचालन

काठमाडौं । सरकारले सुरक्षा जोखिमको मूल्याङ्कन गर्दै गौरीबहादुर कार्की लाई जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको आयोगको अध्यक्षको हैसियतमा नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ।

कार्कीको सिफारिसअनुसार शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको थियो। त्यसयता नेकपा एमालेका नेताकार्यकर्ताहरू आक्रोशित भएका छन् र दिनभर काठमाडौंको स्थिति तनावग्रस्त रह्यो।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ। साथै, उनका भक्तपुरस्थित गुण्डु निवासमा पनि बाक्लो सुरक्षा परिचालन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *