देश

एमालेको विरोध र्‍याली : ओली पक्राउविरुद्ध प्रदर्शन सुरु

काठमाडौँ । नेकपा एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंको चाबहिल चोकबाट र्‍याली सुरु गरेको छ।

प्रहरीका अनुसार १०० भन्दा बढी प्रदर्शनकारी विरोधमा उत्रिएका छन्। ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ गरिएको थियो।

त्यसैबीच, पार्टीको धारणा सार्वजनिक गर्न सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *