देश

स्वास्थ्य परिक्षणका लागि ओलीलाई अस्पताल लगियो

काठमाडौँ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको छ ।

यसअघि पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएका ओलीलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको हो ।स्वास्थ्य परिक्षणपछि उनलाई आज परिसरमै राखिने र आइतबार अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *