देश

पूर्वगृहमन्त्री लेखकलाई भद्रकाली पुर्‍याइयो

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्‍याएको छ। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट आज बिहान नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सोही आधारमा पक्राउ गरिएको हो। यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पनि नियन्त्रणमा लिइसकिएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को दमनका क्रममा भएको घटनाबारे आयोगले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो।

सोही प्रतिवेदन कार्यान्वयनसँगै घटनामा संलग्न भएको आरोपमा उच्च राजनीतिक नेतृत्वमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *