काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक केहीबेरमै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दैछ।
मन्त्रीहरूले शपथ लिएर आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् र बैठकमा सहभागी हुन कार्यालय पुगिसकेका छन्। बैठकमा सरकारको पहिलो नीति तथा कार्ययोजना समीक्षा हुने अपेक्षा गरिएको छ।




