देश

युवा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा सबै समुदायको प्रतिनिधित्व

काठमाडौं । युवा नेतृत्वको प्रतीक मानिएका बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्रीसँगै १५ सदस्यीय मन्त्रिमण्डलका मन्त्रीहरूले पनि एकैसाथ शपथ ग्रहण गरेका छन्। नयाँ मन्त्रिमण्डललाई सबै समुदायको प्रतिनिधित्व हुने गरी समावेशी बनाइएको जनाइएको छ।

प्रधानमन्त्री बालेनले रक्षा तथा उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्। भौतिक पूर्वाधार मन्त्रालय सुनिल लम्सालले सम्हाल्दा ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठको जिम्मेवारीमा पुगेको छ।

यस्तै, गणेश पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्। सञ्चार मन्त्रालय डा. विक्रम तिमल्सिनाले सम्हाल्दा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त भएकी छन्।

कानुन मन्त्रालय सोविता गौतमको जिम्मेवारीमा गएको छ भने कृषि मन्त्रालय गीता चौधरीलाई दिइएको छ। श्रम मन्त्रालय दीपक शाहले सम्हाल्दा महिला, बालबालिका मन्त्रालयमा सीता वादी नियुक्त भएकी छन्।

मन्त्रालयगत जिम्मेवारी यसप्रकार छन्:

  • प्रधानमन्त्री: बालेन्द्र शाह (रक्षा तथा उद्योगसमेत)
  • अर्थ: डा. स्वर्णिम वाग्ले
  • गृह: सुदन गुरुङ
  • परराष्ट्र: शिशिर खनाल
  • भौतिक पूर्वाधार: सुनिल लम्साल
  • ऊर्जा: विराजभक्त श्रेष्ठ
  • पर्यटन: गणेश पौडेल
  • शिक्षा: सस्मित पोखरेल
  • स्वास्थ्य: निशा मेहता
  • सञ्चार: डा. विक्रम तिमल्सिना
  • सामान्य प्रशासन: प्रतिभा रावल
  • कानुन: सोविता गौतम
  • कृषि: गीता चौधरी
  • श्रम: दीपक शाह
  • महिला, बालबालिका: सीता वादी

नयाँ सरकार गठनसँगै देशको राजनीतिक वृत्तमा नयाँ ऊर्जा र अपेक्षा थपिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *