काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश छन्। प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेनले रक्षा र उद्योग मन्त्रालयसमेत आफैंले सम्हाल्ने भएका छन्। नवगठित मन्त्रिपरिषद्का सबै सदस्यहरूले आजै शपथ लिने तयारी गरिएको छ।
मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त हुँदा सुधन गुरुङले गृह मन्त्रालय सम्हाल्ने भएका छन्। ऊर्जा मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइएको छ।
यसैगरी, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, सञ्चार मन्त्रालयमा विक्रम तिमिल्सिना र श्रम मन्त्रालयमा दीपक साह नियुक्त भएका छन्। शिक्षा मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ भने पर्यटन मन्त्रालय गणेश खड्का ९पौडेल० ले सम्हाल्ने भएका छन्।
महिला, बालबालिका मन्त्रालयमा सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता नियुक्त भएका छन्।




