काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। रास्वपा वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्को संरचना पनि अन्तिम टुंगो लागेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ भने गृहमन्त्रीमा सुधन गुरुङ रहनेछन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सोविता गौतमले सम्हाल्ने भएकी छन्।
परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, उद्योगमन्त्रीमा अमरेश कुमार सिंह तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल रहने भएका छन्। कृषि मन्त्रालय गीता चौधरीको जिम्मामा रहनेछ भने सञ्चार मन्त्रालय विक्रम तिमल्सिनाले सम्हाल्ने छन्।
श्रम मन्त्रालय दीपक साह, शिक्षा मन्त्रालय सस्मित पोखरेल, पर्यटन मन्त्रालय खड्क पौडेल, भौतिक पूर्वाधार मन्त्रालय सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्रालय सीता वादी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हाल्ने भएका छन्।




